
अभिनेत्री प्रियंका कार्की अभिनित रोमान्टिक म्युजिक भिडियो ‘कोरेको छु तिम्रो तस्वीर’ सार्वजनिक भएको छ । भिडियोमा प्रियंकाले गौतम खातीसँग नवरुपमा प्रस्तुत भएकी छन् ।
नव विवाही जोडीको सम्बन्ध प्रेममा कसरी सुमधुर बन्दै जान्छ भनेर देखाउन खोजेको भिडियो सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ।
काठमाडांैको बूढानिलकण्ठ क्षेत्र आसपासमा छायाँकन भएको भिडियोमा उत्सव दाहालको छाँयाकन, बिष्णु खड्काको सम्पादन रहेको छ । भिडियोको कोरियोग्राफी सुगम भुजेलले गरेका हुन् ।
नेपाल आइडलको सिजन वान मार्फत चर्चा कमाएका गायक प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा निरा खातीको शब्द र डिबि लामाको संगीत छ ।
प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार