
काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएओ)ले नेपालमा स्वास्थ्यकर्मीलाई भइरहेको नराम्रो व्यवहारका कारण कुनै दिन अस्पतालमा डाक्टर र नर्स नहुने अवस्था आउन सक्ने कुराको संकेत गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले कसैले पनि आफूलाई सङ्क्रमण नहोस् भन्ने चाहेको भन्दै उनले स्वास्थ्यकर्मलाई दोष नलगाउन आग्रह गरेका छन् ।
आफू जोखिममा रहेर पनि नियमित अग्रपंक्तिमा रहेर उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी लाई सम्मान गर्नुपर्ने उनले बताएका छन्
त्यस्तै भ्यानडिलिएरले कोरोनाविरुद्धको खोप आगामी वर्ष (सन् २०२१) को सुरुसम्ममा बनिसक्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमसँग कोभिड(१९ को अवस्था र बच्ने उपायबारे बुधबार कुरा गर्दै उनले रसिया, चीनलगायत देशमा खोपको परीक्षण अन्तिम चरणमा रहेको बताएका हुन् ।
उनले भने, ‘खोपको डोज कति चाहिन्छ, पर्याप्त संरक्षण गर्छ गर्दैन, त्यसले कति समयसम्म काम गर्छ भन्ने हेर्नुपर्छ।’ खोप तयार हुँदा दुई ठूलो परिमाणमा तयार हुने र पहिलो चरणमा जोखिममा रहेका समुदायले पाउने उनले जानकारी दिए।
पहिलो चरणमा स्वास्थ्यकर्मी, अरू रोग भएका व्यक्ति पछि मात्रै सर्वसाधरणसम्म त्यो खोप पुग्नेछ। खोप सबै देशले पाउने उनले विश्वास व्यक्त गरे।