
टिकटकबाट चर्चामा आउन सफल जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको गीत ‘हुन्छ खोसाखोस’ सार्वजनिक भएको छ। भिडिओमा मन्जिल बस्नेत र सागर लम्सालले साथ दिएका छन्।
सार्वजनिक गीतमा गायकद्वय नेत्र भण्डारी र अस्मिता अधिकारीको स्वर छ। गीतमा सुनिल बिसीको शब्द, सन्तोष सुनारको संगीत र रिकेश गुरूङको एरेन्ज सुन्न सकिन्छ।
रोमान्टिक शैलीमा तयार भएको गीतको म्युजिक भिडिओलाई राजीव समरले निर्देशन तथा कोरियोग्राफी गरेका छन्।
भिडिओमा राम कुमार केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ। गीतलाई राजन नेपालले निर्माण गरेका हुन्।
प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार