

कलियान् एमबाप्पेको दाहिने खुट्टा पिडामा थिए तर स्वीडेन बिरुद्को खेलमा १-0 नतिजा ल्याई जित हासिल गरे पछि सबै चकित भएको थियो। एमबप्पे पिडामा रहेको कारण टीम खेलको नतिजामा निकै खुल्दुली थिए।
पहिलो हाफमा निकै आक्रामकमा रहेको स्वीडेन धेरै पटक गोल गर्न चुकेको थियो। खेलको पहिलो हाफ १४औ मिनेटमा लार्ससनले ‘डी’ बक्स देखि निकै बाहिरबाट गरेको प्रहार गोल पोष्ट देखि नजिकै भएर बाहिरेको थियो। खेलको ३९औ मिनेटमा मर्कुस बर्गको सुन्दर प्रहार गोलकिपरले रोकेको थियो। फ्रान्सका कलियान एमबाप्पेले पहिलो हाफ ४०औ मिनेटमा पहिलो गोल गरी टिमलाई अग्रता दिलाइएको थियो।
खेलको दोश्रो हाफमा फ्रान्सका खेलाडी लुकासको सहायतालाई गिरौडले हेड गर्दा बल गोलपोष्ट नजिकिदै बाहिरीएका थियो। स्वेडेनका लार्ससनले खेलको ६५औ मिनेटमा ‘डी’बक्स बाहिरबाट गरेको प्रहार गोल पोष्ट नजिकिदै बाहिरिन पुगेको थियो।फ्रान्सले दोश्रो हाफमा स्वीडेन बिरुद निकै आक्रामक शैलीमा खेलेको थियो।खेलको७८औ मिनेटमा दिबोइसले प्रहर गरेको बल गोलपोष्टमा ठोकिदै बाहिरेको थियो। खेलको अन्त्यामा फ्रान्सको कलियान एमबाप्पेले ४०औमिनेटमा गरेको गोल निर्णायक भएको थियो।